बलिउड गायक मिका सिंह डाक्टरलाई झापड हानेपछि फेरी विवादमा तानिए
चैत्र ३० गते, २०७१ मा प्रकाशित
विविध कारणले विवादमा फसिरहने बलिउड गायक मिका सिंहले एक डाक्टरलाई झापड हानेपछि फेरी विवादमा तानिएका छन्।
शनिबार दिल्लीमा आयोजित एक कार्यक्रम उनले एक डाक्टरलाई स्टेजमा लगेर झापड हानेका थिए। कार्यक्रममा आफ्ना एकसे एक चर्चित गीत पस्केर मनोरञ्जन दिइरहेका मिकाले कार्यक्रममा पुरुष दर्शकलाई दाँयाबाँया र महिला दर्शकलाई बिचमा बस्न आग्रह गरेका थिए तर एक पुरुष डाक्टर पटक पटक सम्झाउँदा पनि महिलाको हुलमा नाचिरहे जून मिकालाई मनपरेन।
त्यसपछि उनले आफ्ना अंगरक्षकलाई ती डक्टरलाई स्टेजमा बोलाउन लगाए। ती डाक्टरले पनि उनलाई औंलाले अश्लिल इशारा गरे जसका कारण छुब्ध बनेका मिकाले डाक्टरलाई झापड कसे। उक्त प्रकरणको भिडियो पनि सार्वजनिक भएको छ जसमा झापड हानिसकेपछि मिकाले ती डाक्टरलाई