राष्ट्रिय नाटक महोत्सव राजधानीमा सुरु

काठमाडौं । राष्ट्रिय नाटक महोत्सव राजधानीमा सुरु भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महोत्सवमा देशका विभिन्न जिल्लाबाट झण्डै दुई सय नाट्यकर्मीको सहभागिता छ ।
तीन दिनसम्म चल्ने महोत्सवमा ७ वटा नाट्य समूह सहभागि छन् । महोत्सवमा नारायणी कला मन्दिर चितवन, मोरङ्गको झोराहाट नाट्य समूह, मकवानपुरको तरङ्गग सांस्कृतिक परिषद्, ललितपुरको सुम्निमा थिएटर एकेडेमी, विराटनगरको आरोहण र जनकपुरको मिथिला नाट्यकला परिषद्लगायत समूहले नाटक देखाउने छन् ।
महोत्सवको गृहमन्त्री बामदेव गौतमले उद्घाटन गरे । देशभरका नाट्य कलाकारलाई मञ्च प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले जानकारी दिए । इमेजखबरमा समाचार छ ।