महाभुकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झना स्पेनिस फुटबल क्लब रियल म्याड्रिडले पनि गर्‍यो

नेपालमा वैशाख १२ गते गएको महाभुकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झना स्पेनिस फुटबल क्लब रियल म्याड्रिडले पनि गरेको छ।
सो टिसर्ट लगाएका क्रिष्टियानो रोनाल्डोसहितका म्याड्रिडका खेलाडीहरु घरेलु मैदानमा मृतकहरुको सम्झनामा मौन धारण गरेका थिए। उनीहरुले  तोदोस् कन नेपाल अर्थात  हामी नेपालसँगै छौं लेखेको टिसर्ट लगाएका थिए भने उनीहरुले मौन धारण गरिरहँदा मैदानमा रहेको स्क्रिनमा  यूनाइटेड विथ नेपाल  भन्ने लेखिएको थियो। फुटबल हेर्न उपस्थित फुटबल दर्शकले पनि उभिएर उनीहरुलाई साथ दिएका थिए।
यसअघि ला लिगा खेलिरहेका बार्सिलोना लगायतका अन्य क्लबहरुले पनि नेपालमा ज्यान गुमाएकाहरुको सम्झनामा मौन धारण गरेका थिए। महाभुकम्पपछि रोनाल्डो, मेस्सी जस्ता विश्व चर्चित खेलाडीहरूले भूकम्प पीडित नेपाली बालबालिका लागि सहयोग गर्न आग्रह गरेका थिए। एजेन्सी /सेतोपाटी

TODOS CON NEPAL REAL MADRID