बेलायतका राजकुमारले नेपाली मुलकी बालिकालाई जुत्ता लगाएदिए

बेलायतका राजकुमार ह्यारीलाई सबैसँग घुलमिल हुन सक्ने व्यक्तिका रुपमा लिइन्छ।
राजकुमार भइकन पनि उनी सामान्य मानिससँग रमाइरहेका हुन्छन्।
पछिल्लो समय उनको एक नेपाली मुलकी बालिकाको जुत्ता लगाइ दिन सहयोग गरेको तस्बिर सामाजिक सञ्जालमा चर्चामा आएको छ।
न्यूजिल्याण्डमा आयोजित एक कार्यक्रममा सहभागी भएका ह्यारीले आफ्नो नजिक आएकी ती बालिकाको खुट्टाबाट निस्केको जुत्ता लगाउन मद्धत गरेको तस्बिर न्युजिल्याण्डका गर्भनरले फेसबुकमा पोष्ट गरेका थिए।
ग्रेस प्रधान नामकी ती बालिका आफ्नी आमासँग सो कार्यक्रममा पुगेकी थिइन्। नेपाली ढाकाको कपडामा सजिएकी ती बालिकालाई प्रिन्स ह्यारीले जुत्ता लगाइदिएको क्षणलाई धेरैले सिन्ड्रेला मोमेन्ट भनेको छन्। एजेन्सी / सेतोपाटी