कृष्ण खनाल
बुटवल, २१ जेठ । बुटवलमा जारी तिलोत्तमा गोल्ड कपको विहिवारको खेलमा नेपाल पुलीस क्लव माथि झापा एघारले सहज जित हाता पारेको छ । पहिलो हाफ गोल रहित बराबर भएपछि पहिलो हाफको १४ औं मिनेटमा झापाका जर्सि नम्बर ९ का गणेश खड्काले एक मात्र निर्यायक गोल गरेका हुन । पटक पटक नेपाल पुसिल ले गोल को मौका पाए पनि गोल गर्नबाट खेलाडीहरु चुकेका थिए ।
खेल सुरु भएको ७ औं मिनेटमा विपक्षी खेलाडीलाई लडाएर पहेलो काड पाएका पुलिसका क्याप्टेन जुमानु राई खेलको २५ औं मिनेटमा मैदा बाहिरिएका थिए । भोली(सुक्रवार)को खेल घरेलु टोली रुपन्देही ११ र पाहुना टोली भारतको दजिलिङ्ग ११ का विचमा हुनेछ । बुटवल उपमहानगर पालिका संरक्षक रहेको प्रतियोगीता विगत केही बर्ष देखि सञ्चालन हुन सकेको थिएन ।
तस्वीरः कृष्ण खनाल