अखिल नेपाल फुटबल संघका कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन

काठमाडौं, जेष्ठ ३० । अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको छ ।
शुक्रबार राति भैसेपाटीस्थित आफ्नै निवासमा करेन्ट लाग्दा उनको निधन भएको हो । करेन्ट लागेपछि उपचारका लागि अल्का अस्पताल लगिएको श्रेष्ठलाई अस्पतालमा मृत घोषण गरिएको हो ।
शुक्रबार मात्र नयाँ घर सरेका श्रेष्ठलाई बिजुलीको लाइन मिलाउनेक्रममा करेन्ट लागेको थियो । एन्फा अध्यक्ष गणेश थापालाई सार्वजनिक लेखा समितिले आर्थिक अनियमितताको मुद्दामा निलम्बन गरेपछि उपाध्यक्ष रहेका श्रेष्ठ कार्यबाहक अध्यक्ष थिए । ४९ वर्षीया श्रेष्ठ थ्रीस्टार फुटबल क्लबका अध्यक्षसमेत थिए ।
सो घोषित निलम्बनमा रहेका एन्फा अध्यक्ष गणेश थापाले श्रेष्ठको मृत्यलेु नेपाली फुटबल क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए ।
श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि बिहान थ्रीस्टार क्लब र एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिएको थियो । उनलाई श्रद्धान्जली दिन राजनीतिक दलका शीर्ष नेता, विभिन्न खेलकुद संघका पदाधिकारी, खेलाडी र शुभचिन्तकको एन्फा कम्प्लेक्समाा ठूलो भीड लागेको थियो ।
श्रेष्ठको पार्थिव शरीरलाई शनिबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । इमेजखबरमा समाचार छ ।