
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा पशुपति मुरारका निर्विरोध भएका छन् ।
अध्यक्षकी प्रत्यासी भवानी राणाले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि मुरारका निर्विरोध भएका हुन ।
राणाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएर मुरारकालाई समर्थन गरेको घोषणा गरिन ।
उनले निजी क्षेत्र र महासंघको हितका लागि आफूले मुरारकालाई समर्थन गरेको बताइन ।
महासंघको अध्यक्षका तीन प्रत्यासीमध्ये भाष्करराज राजकर्णिकारले मंगलबार नै उम्मेदवारी फिर्ताको घोषणा गरेका थिए ।
उनले पनि मुरारकालाई नै सहयोग गर्ने बताउँदै उम्मेदवारी फिर्ता लिएका थिए । महासंघको नेतृत्व सर्वसम्मतिका लागि ९ जना पूर्वअध्यक्षहरुले अपील जारी गरेका थिए ।
अध्यक्ष प्रदीपजंग पाण्डे भ्रष्टाचारको मुद्दामा जेल गएपछि महासंघ नेतृत्वविहीन भएको थियो ।
महासंघमा रिक्त रहेको अध्यक्ष पदमा २१ महिने अवधिका लागि मात्रै अध्यक्षको निर्वाचन गर्न लागिएको थियो । अब मुरारका २१ महिनाका लागि अध्यक्ष बन्नेछन् । इमेजखबरमा समाचार छ ।