काठमाडौं । गुरुप्रति आत्मसम्मान प्रकट गर्दै आज गुरुपूर्णिमा मनाईंदै छ । गुरुपूर्णिमाको नामले चिनिने असार शुक्ल पूर्णिमाको दिन गायत्रीमन्त्र दान गर्ने गुरुलगायत शिक्षा दिने गुरु, गुरुआमालाई सम्मान गर्ने गरिन्छ ।
द्वापर युगमा बेदब्यासले पुराण आदि ग्रन्थ प्रकाशन गरेर ज्ञानको प्रकाश छरेकाले ब्यास जयन्तीका रुपमा पनि यो दिनलाई लिइन्छ । संस्कृतमा गु को अर्थ अन्धकार र रु को अर्थ हटाउने भई ज्ञानको अन्धकार हटाउँदै प्रकाश छर्ने सम्मानमा यो उत्सव मनाईंदै आएको छ ।
काठमाडौंको पशुपतिनाथको गुरु दक्षिण मूर्तिमा पशुपतिनाथका मूलभट्टबाट पूजन भएपछि सर्वत्र क्षेत्रमा गुरुपूर्णिमा शुरु भएको मानिन्छ । विशेष गरी नाथ सम्प्रदायका योगीले यस दिन गुरु गोरखनाथको पूजन गर्ने चलन छ । यसै अवसरमा पशुपति क्षेत्रमा रहेको दक्षिण मूर्तिको मन्दिर खुला गरिएको छ ।
यसैगरी साउन १५ पनि परेकाले आज खीर खाने परम्परा छ । रोपाईंको सिलसिलामा असार १५ गते दही