बुटवल । अर्घाखाँचीमा जन्म लिइ बुटवलमा कर्म बनाउदै २२ बर्षीय लोक तथा दोहोरी गायक बसन्त लम्सालले कमेडी तिज गित “रिक्सावाला” बजारमा लिएका छन् सानै देखि गित संगीत तर्फ रुचि राख्ने हसिला मुहारका बसन्त अहिले आफ्नो सपनालाई साकार बनाउन संगीत क्षेत्र तर्फ संघर्ष गरिरहेको बताउछन । बि.एड तेश्रो बर्षमा अध्यनरत बसन्त गितमा मात्र होइन उनि बुद्द टेलिभिजन, रेडियो छिमेकी एफ एम अनि लुम्बिनी दोहोरीमा काम गर्दै आएका छन् ।
२०६८ साल देखि सांगीतिक यात्रामा पाइला टेकेका बसन्त को पहिलो एल्बम “बिछोडको घाउ” त्यसपछि क्रमश: श्रदान्जली नदेउ आत्मालाई, प्रपोज, शोकाकुल संगै बिस्तारै पाँचौ एल्बम तिज लाइ समेटेर बनाइएको “रिक्सावाला” सम्म पुगेका छन् उमंग म्युजिक को प्रस्तुति बसन्त लम्साल र पार्वती मगरको आवाजमा सजिएको लय बसन्त लम्सालकै छ भने शब्द शिव पौडेलको रहेको छ र उक्त गीतको भिडियोमा दानबिर, उज्जवल, निरिप, लक्ष्मी, रेश्मा अनि पार्वती मगरको अभिनय रहेको छ ।
यसै गरि अर्घाखाँचीका विभिन्न जात-जाति भेष-भुषा सुपादेउरालि लगायत ऎतिहासिक प्राकृतिक सौन्दर्य क्षेत्रहरुलाई समेटेर गित अनि भिडियो निर्माणमा जुटेको जानकारी गराउदै बसन्त भन्छन दर्शक तथा श्रोता बृन्दको माया पाए भने मैले उहाहरुको लागि अझै राम्रा सांगीतिक कोशेलीहरु पस्कने छु ।