प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमण स्थगित भएपछि उनको सट्टामा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहं त्यसतर्फ जाने भएका छन ।
संयुक्त राष्ट्रसंघको ७० औं महासभामा भाग लिन बुधबार न्यूयोर्कतर्फ जाने कार्यक्रम रहेकोमा मुलुकमा जारी पछिल्लो अवस्थाका कारण प्रधानमन्त्री कोइरालाले भ्रमण स्थगित गरेका थिए ।
आफ्ना सरोकारलाई सम्बोधन नै नगरी नयाँ संविधान जारी गरिएको भन्दै मधेश केन्द्रित दलले आन्दोलन जारी राखेको तथा यही विषयलाई निहुँ बनाएर भारतले नेपालविरुद्ध नाकाबन्दी गर्नेसम्मका खबर आएका सन्दर्भमा प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्थगित भएको हो ।
प्रधानमन्त्री कोइरालाको सट्टामा बुधवार साँझ एक प्रतिनिधीमण्डल सहित मन्त्री सिहं त्यसतर्फ जानका लागेको उनका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिए । मन्त्री सिहंको भ्रमणबारे बिस्तृत जानकारी आइसकेको छैन । इमेजखबरमा समाचार छ ।