ढाकावाङ्ग साम्नेगाउँका भुकम्प पिडीतलाई प्रवासी नेपालीको सहयोग

कृष्ण खनाल 



बुटवल । गत बैशाख १२ गते  गएको महाभुकम्पमा ८२ घण्टा पछि जिवित्तै उद्घार गरिका अर्घाखाँचीको ढाकावाङ्ग-६ साम्नेगाउँका ऋषि खनाललाई कोरियामारेहका प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । 

 



 

भुकम्पको कारण एउटा खुट्टा काट्न बाध्य भएका खनालाई थप उपचार र जीविको पार्जनको लागि ढाकावाङ्ग गाविसमा स्थायी घर भई हाल कोरियामा रहेका माधव खनालको संयोजनमा जम्मा गरिएको ६९ हजार रुपैया पिडीत खनालकी श्रीमतीलाई प्रदान गरिएको हो ।



ढाकावाङ्ग गाविस-३ ठुलाखोलामा स्थानिय योगेन्द्र खनालले  ऋषि खनालकी श्रीमती कविता खनाल लाई ६९ हजार रुपैयाँ नगदै हस्तान्तरण गरेका हुन ।  सहयोग रकम जुटाउन संयोजनको भुमिका निर्वाह गरेका माधव खनालले एक नेपालीको दुखमा अर्को नेपालीले सहयोग गर्नुपर्दछ  भन्ने भावना अनुसार उनलाई उक्त रकम जम्मा गरेर सहयोग गरिएको जानकारी  गराए । 

 



 

१८ जना नेपाली र एक जना कोरियाली नागरिकले समेत रकम सहयोग गरेका  छन् । सहयोग दातामा कमल बन्जाडे, माधव खनाल, राम्जी बन्जाडे, समुन्द्र खनाल, प्रकाश खनाल, राम मणि खनाल, पार्क जङ वून (कोरिएन ), जीवन भट्टराई, रुद्र चुदाली, ठाकुर खनाल, झबिन्द्र के सी, दिनेश थापा, दिनेश खनाल, मीन राज खनाल, प्रसान्त पण्डित, प्रेम कडेल, सुदीप बस्तोला, रुद्र भुजेल, बिजय राना , रन्जित गुरुङ  रहेका छन् ।

अन्य समाचारहरु