अर्घाखाँची आवासीय उच्च माध्यमिक विद्यालयले रजतबर्ष मनाउदै

गोपाल प्रसाद भट्टराई 



सन्धिखर्क, अर्घाखाँची । रजत महोत्सवको अबसरमा अर्घाखाँची आवासीय उच्च माध्यमिक विद्यालय सन्धिखर्कले जिल्ला स्तरिय अन्तर मा.वि.खुल्ला हाजिरीजबाफ प्रतियोगिता गर्ने भएको छ ।

 



 

अर्घाखाँची शैक्षिक गुठीको एक कार्यक्रमको रुपमा संस्थाले संचालन गर्दै आएको अर्घाखाँची आवासीय उच्च माध्यमिक विद्यालयले आफ्नो रजत महोत्सव समारोह २०७२ को जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवका कार्यक्रमहरुलाई सार्बजनिक गर्दै अर्घाखाँची आवासीय उच्च माध्यमिक विद्यालयका प्रिन्सिपल श्रीकृष्ण भुसालले जिल्ला स्तरिय हाजिरीजबाफ प्रतियोगिता आयोजना गर्ने बताउनुभएको हो ।



लामो समयदेखी शिक्षाको क्षेत्रमा ज्योति छर्दै आएको यस विद्यालयले उत्पादन गरेका जनशक्तिले देशका महत्वपूर्ण क्षेत्रमा काम गर्दै आएको भन्दै सम्पूर्ण भु.पु.विद्यार्थी एवम् विद्यालयलाई विभिन्न काल खण्डमा महत्वपूर्ण सहयोग पूर्याउने शिक्षाप्रेमीहरुलाई रजत महोत्सवको अबसरमा सम्मान गर्ने बताएको छ ।

 



 

एक महिना लामो कार्यक्रम गरी रजत महोत्सव २०७२ मनाउन लागीरहेको विद्यालयले सन्धिखर्क नगरपालिका स्तरिय भलिबल र अंग्रेजी भाषामा निबन्ध प्रतियोगिता गर्ने भएको छ । कार्यक्रमलाई भव्यरुपमा सफल पार्न भन्दै विद्यालयले १ सय ५१ सदस्यिय मुल आयोजक र विभिन्न उप समितिहरु बनाएको प्रिन्सिपल श्रीकृष्ण भुसालले जानकारी दिनुभएको छ ।



मुल आयोजक समितिको संयोजकमा दुर्गा प्रसाद श्रेष्ठ रहनु भएको छ । यसैगरी प्रचार प्रसचर उपसमिति संयोजकमा श्रीकृष्ण भुसाल ,मञ्च व्यवस्थापन तथा खाजा उप-समिती संयोजकमा कृष्ण प्रसाद खनाल ,स्मारिका सम्पादन उप समिति संयोजकमा युवराज भुसाल जिल्ला स्तरिय अन्तरमावी हाजीरजवाफ प्रतियोगिता संचालन उपसमिति संयोजकमा ईन्द्र बहादुर क्षेत्री ,नगरपालिका स्तरिय अन्तरमावी भलिवल प्रतियोगिता संचालन उपसमिति संयोजकमा मोहनराज भुसाल नगरपालिका स्तरिय अन्तरमावी निवन्ध प्रतियोगिता संचालन उपसमिती संयोजकमा बोम बहादुर खत्री , अतिर्रिक्त क्रियाकलाप उपसमिति संयोजकमा बुद्धिराम पौडेल सास्कृतिक उप समिति संयोजकमा राम प्रसाद भुसाल र स्वागत उपसमिति संयोजकमा कमला पोख्रेल रहनु भएको छ । रजत महोत्सव कार्तिक २० गते देखि २२ गते सम्म संचालन हुनेछ । 




 

तस्बिर:  श्रीकृष्ण भुसाल/फेसबूकबाट 

अन्य समाचारहरु