नयाँ संविधानको कार्यान्वयन र चुनौती विषयक अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम संन्धिखर्कमा सम्पन्न

गोपाल प्रसाद भट्टराई 



सन्धिखर्क, अर्घाखाँची ।  रिपोर्टस क्लव नेपाल अर्घाखाँचीको आयोजनामा आज  नयाँ संविधानको कार्यान्वयन र चुनौती विषयक अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम संन्धिखर्कको कर्मचारी मिलनकेन्द्रमा सम्पन्न भएको छ । 

 



 

कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालमा नया संविधान जारी भएसंगै भारतले लगाएको अघोषित नाकाबन्दीको विकल्पमा देशले आत्मनिर्भरताको बाटो रोज्नु पर्ने बताएका छन् । विजयादसमी  दिपावली र छठ  पर्वको पावन अवसरमा कार्यक्रममा उपस्थित महानुभावहरुले शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा  जिल्लाका विभिन्न कार्यालयमा भर्खरै सरुवा भएर आएका कार्यालय प्रमुखहरुलाई स्वागत समेत गरिएको थियो । 



कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भारतले लगाएको नाकाबन्दीको आशिंक असर जिल्लामा पनि परेकोले पेट्रोलियम पदार्थ र निर्माण सामाग्रीको अभाव भएपनि अन्य समाग्री भने ३-४ महिनालाई पुग्न सक्न्ो स्टक रहेको बताउनु भएको थियो । 



जिल्लामा नयाँ स्थानिय विकास अधिकारीको रुपमा आउनुभएकी लक्ष्मी पाण्डेले  स्थानिय समस्याको पहिचान र समाधान गर्नको लागी सवैको सहयोगको खाँचो पर्ने औलाउनु भएको थियो ।

 


 

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल ,नेकपा एमालेका का.वा. अध्यक्ष जिवनारायण कोईराला , एमाओवादीका सचिव ठाकुर वि.क., राप्रपाका जिल्ला अध्यक्ष देवि बहादुर खड्का , राष्ट्रिय जनमुक्ति पार्टीका ईन्द्र बहादुर गेलेङ्ग , पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी, जिल्ला अस्पताल विकास समितिका अध्यक्ष राम बहादुर चौहान, वुद्धीजीबी जीवनारायण खनाल , महिला नेतृ शान्ता भण्डारी, एकल महिला संजालकी अध्यक्ष खगिश्वरा बस्याल, लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम राम कुमार क्षेत्रीको अध्यक्षता र गणेश खनालको संचालनमा सम्पन्न भएको थियो ।

 



 

तस्बिर:  गोपाल प्रसाद भट्टराई एवम वीरेन्द्र केसी फेसबूकबाट 

अन्य समाचारहरु