हिन्दूहरुको महान चाड बडादसैंको मंगलबार सातौं दिन । घरघरमा फूलपाती भित्र्याइएको छ ।
विश्व सम्पदामा सूचीकृत काठमाडौंको एतिहासिक हनुमानढोकामा पनि फूलपाती भित्र्याइएको छ । मगर समुदायले बोकेर ल्याएको फूलपातीलाई हनुमानढोकाको दसैंघरमा भित्र्याइएको हो ।
फूलपातीलाई जमलस्थित जमलेश्वरमा पूजाआजा गरेर कमलाकक्षी, असन, इन्द्रचोक, मख्खन हुँदै साँस्कृतिक बाजागाजाका साथ हनुमानढोकामा भित्र्याइएको हो ।
नासल चोकमा फूलपातीलाई वैदिक परम्पराअनुसार पूजा गरेपछि मूल चोकमा बोका बलि दिइ तान्त्रिक विधिअनुसार पूजा गरिएको थियो । पूजा सकिएपछि तीनओटै सुरक्षा निकायले मौलो पूजा गर्न फूलपाती लगेका थिए ।
बेलपत्र, दारिम, पँचुर, माने, हलेदो, केराको बोट, रम्भा, धान र जयन्तीको फूललाई नवपत्रीका स्वरुप फूलपातीका दिन देवीसमक्ष अर्पण गरिन्छ ।
बडादसैंका अवसरमा देशैभरका शक्तिपीठमा भक्तजनले पूजा