दशै मनाउन उप-प्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझी गृह जिल्ला अर्घाखाँचीमा ! मन्त्री रायमाझीको आज ५२ औ जन्मदिन

उप-प्रधान तथा उर्जामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला अर्घाखाँची आउनुभएका टोप बहादुर रायमाझीलाई विभिन्न संघ-सस्थाले स्वागत एवम् बधाई गरिरहेका छन् ।  लुम्बिनी अन्चलकै पहिलो उपप्रधानमन्त्री भएपछि गृह जिल्ला आउनुभएका टोप बहादुर रायमाझीलाई अर्घाखाँचीवासीले भव्य रुपमा स्वागत गरेका छन् । उता आज मन्त्री रायमाझीले आफ्नो ५२ औ जन्मदिन अर्घाखाँचीमा मनाएका छन् ।   



प्रेम आचार्य



सन्धिखर्क, अर्घाखाँची । उप-प्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझीले जलस्रोतको धनी देस नेपाललाई लोडसेडिंग मुक्त देस बनाउन उर्जामा लगानी मैत्री वातावरण सृजना गर्ने बताउनु भएको छ  ।

  



 

उहाले देस तथा बिदेसका लगानीकर्ताहरु खोजेर जलबिद्युतको उत्पादन गर्ने काम पहिलो प्राथमिकताका साथ अगाडी बढाउने र उर्जामा लगानी मैत्री वातावरण सृजना गर्ने बताउनु भयो ।  



बिजयादशमी मनाउन गृह जिल्ला अर्घाखाँचीमा आएको समयमा नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको स्वागत तथा पत्रकार सम्मेलनमा बोल्दै एकिकृत नेकपा माओबादीका नेता समेत रहेका रायमाझिले सबै दलको सहमती र सहकार्यबाट स.बिधान निर्माण भएको र संबिधानको कार्यन्वयनकालागि पनि सबै दलको सहकार्य र सहमतीको सरकार आबस्यक रहेको बताउनु भएको छ । 

 



 

रायमाझीले तराईमा देखिएका असन्तुष्ट स्वरहरु शान्त पार्न संविधानका केही बुँदाहरु संशोधन गर्नुको विकल्प नभएको बताउनुभयो ।



उहाले भारतले गरेको अघोषित नाकाबन्दी पहिलो नभएको र पटक पटक हुने नाकाबन्दीको विकल्प सृजना गर्न नस्कनु नेपालका राजनितिक दल र राजनेताको कमजोरी रहेको धारणा राख्नु भयो । 

 



 

भट्टराई निकटका मानिने नेता रायमाझिले स.बिधान बनाउन महत्वपुर्ण योगदान गरेका बाबुराम भट्टराईले पाटी र सभासद छाड्नु हतारको निर्णय भएको बताउनु भयो । 



कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल,प्रहरी नायब उपरिक्षक कमल प्रसाद खरेल, नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य, एमालेका जिल्ला उपसचिब प्रेमनारायण गैरे, एमाओबादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । 



पत्रकार सम्मेलन पत्रकार महास.घका जिल्ला अध्यक्ष सोभाखर पन्थीको अध्यक्षता र सचिब प्रेमनारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको हो । 

केही समाचार गोपाल प्रसाद भट्टराईबाट लिएको हो । 

 



आज मन्त्री रायमाझीले आफ्नो ५२ औ जन्मदिन अर्घाखाँचीमा मनाएका छन् । फाइल तस्बिर: सिमा रायमाझीबाट