खेल मिलेमतोका आरोपमा पक्राउ परेका पाँचजना वर्तमान तथा पूर्वराष्ट्रिय फुटबल खेलाडीलाई मंगलबार अदालतमा उपस्थित गराइएको छ ।
काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका पाँचै खेलाडीलाई मंगलबार म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको हो ।
राज्यविरुद्धको अपराध ऐन २०४६ अन्तर्गतका मुद्दा विशेष अदालतले हेर्ने भएकाले खेलाडीहरुलाई विशेष अदालत लगिएको हो ।
अदालतमा उपस्थितिका लागि पुर्याइएका राष्ट्रिय टिमका कप्तान सागर थापाले आफूहरु निर्दोष भएको बताएका छन् । थापाले सन्चारमाध्यमलेसमेत आफूहरुलाई दोषी जस्तो व्यवहार गरेको भन्दै दुःख व्यक्त गरे ।