सरस्वती युवा परिवार यूलाखेलको प्रस्तिति रहेको भक्ति गीत संग्रह आनन्दै आनन्द सार्वजनिक भएको छ।
संग्रहको गत साता एक कार्यक्रमकाबीच वरिष्ठ गायिका मिरा राणा र उद्योगपति प्रदिप कुमार श्रेष्ठले लोकार्पण गरेका थिए।
एल्बमका सबै गीतमा पुरूष स्वर दिवाकर खड्काको रहेको छ भने महिला स्वरमा उनलाई देविका बन्दना, प्रमिला रिमाल तथा सरिता प्रजापतिले साथ दिएका छन्।
एल्बमका सबै गीत सुवासचन्द्र ढुंगेलले रचना गरेका हुन् भने संगीत लोक बहादुर शाक्यको हो। सेतोपाटीमा समाचार छ ।