शनिबारदेखि विदेशी पर्यटकमात्रै सहभागि अन्तर्राष्ट्रिय स्तरको ‘नेपाल अल्ट्रा म्याराथुन’ दौड प्रतियोगिता शुरु भएको छ । एक्सन एसिया र हिमालयन ट्रेल्सको संयुक्त आयोजनामा भएको ३ दिने दौड प्रतियोगितामा २५ देशका ५१ धावक सहभागी छन् ।
प्रतियोगितामा अमेरिका, बेलायत, प|mान्स, स्पेन, फिलिपिन्स, जर्मन, भारत, हङकङ, सिङ्गापुर लगायतका देशका धावकहरु सहभागी रहेका हिमालयन ट्रेल्सका अंकित रायमाझीले बताए ।
म्याराथुनमा २० र ४० किलोमिटर दुरीका दुईवटा रुट बनाइएको छ’ उनले भने, ‘२० किलोमिटर दुरीमा २७ जना र ४० किलोमिटर दुरीको दौडमा २४ जना धावक छन् ।
शनिबार बिहान ६ बजे सदरमुकाम बेसीशहरदेखि शुरु भएको पहिलो दिनको प्रतियोगिता पश्चिमोत्तर दिशामा पर्ने विभिन्न पर्यटकीय गाउँ घुमेर पुनः बेसीशहर आएर टुंगिएको छ ।
दोस्रो दिन आइतबार बेसीशहरबाट उत्तरी क्षेत्रको ग्रामीण पर्यटकीय गाउँहरु घुमेर र तेस्रो दिन सोमबार बेसीशहरदेखि पश्चिमका पर्यटकीय गाउँहरु घुमेर प्रतियोगिता समापन गरिने रायमाझीले बताए । यसअघि २० र ४० किलोमीटरको दौड प्रतियोगितामा भाग लिएकाले दोस्रो र तेस्रो दिनको प्रतियोगितामा पनि २० र ४० किलोमिटर नै दौडने छन् । कान्तिपुरमा समाचार छ ।