सरकारले तिहारमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको छ । साथै उसले भूईचम्पा र पटका नपड्काउन र आतसवाजी नगर्न भनेको छ ।
गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर अवान्छित गतिविधि गर्नेहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पुर्याउन सक्ने भन्दै १० बजेपछि देउसी भैलो लगाष्तका सांस्कृतिक कार्यक्रमहरु नगर्न आग्रह गरेको छ ।
साथै भूईचम्पा, पटका लगायतका विस्फोटक पदार्थ निर्यात, बिक्री वितरण र प्रयोग नगर्न आग्रह गरेको छ । कसैले गरेमा कानून अनुसार कारबाही गर्ने गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जनाएका छन् ।