रिपोर्टस क्लव नेपाल अर्घाखाँचीको साक्षात्कार कार्यक्रम ! बावुराम भट्टराईले देशलाई धोका दिएको उपप्रधान टोपबहादुर रायमाझीको भनाई

घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची ।  उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले बावुराम भट्टराईले राष्ट्रलाई धोका दिएको बताएका छन् । 
 

सविधान निमार्ण गर्नको लागी संवाद समितीको सभापती जस्तो पदमा भएकोे व्यक्तीले सविंधान वनाईसकेपछी सविंधान कार्यानव्यन गर्ने समयमा, भुकम्पले थिलो थिलो भएको देश र अहिले मधेश आन्दोलन अर्को तिर नाका वन्दी भएको संकटको समयमा उनले सवैलाई धोका दिएको बताएका छन् ।  


रिपोर्टस क्लव नेपाल अर्घाखाँचीले सन्धिखर्कको न्यू एभरेस्ट हाेटेल बैंक लाईनमा गरेको साक्षात्कार कार्यक्रममा यस्तो बताएका हुन् । कम्युनिष्ट पार्टीमा विश्वव्यापी रुपमा आरोप लगाईएको छ, हामि जिवित रहदासम्म पार्टी खण्डन गरेर नभेईने हुनाले नयाँ पार्टी खोल्नुपर्ने भट्टराईको भनाई पार्टी परित्याग गर्नुभन्दा पहिले नै रहेको थियो यो भनाई एकदम गलत भएको उर्जामन्त्री रायमाझीको भनाई रहेको थियो। भट्टराईले माओवादि पार्टि प्रति गरेको योगदान पार्टी परित्याग गर्नाले गुमेको रायमाझीको भनाई रहेको थियो । 


उनले शेरबहादुर देउवा र बामदेब गौतमले पार्टी फेरेर फेरि पुरानै पार्टीमा फर्किएको उदाहरण दिँदै भटराईको नयाँशक्ति पनि बैद्य र बिप्लपहरुको जस्तै हुने टिप्पणी गरे ।


उनले सबैभन्दा ठुलो धोका सबैभन्दा बढी भोट दिएर जिताएका गोरखा मतदातालाई भट्टराईले दिएको र उनैका कारण त्यो क्षेत्र जनप्रतिनिधिबिहीन भएको पनि बताए । 


पार्टी अध्यक्ष प्रचण्डले सरकारबाट फिर्ता बोलाउन सक्छौ भन्नु स्वभाविक भएकाले पार्टीको नियमानुसार राम्रो काम गर्न नसके सरकारबाट जान सकिने उनको भनाइ थियो ।
 

दुई वर्षसम्म काम गर्न दिए देशमा लोडसेडिङ मुक्त बनाउने बताउँदै देशमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्तितरि लाग्नुको विकल्प नभएको उनले बताएका थिए । 


उपप्रधानमन्त्री रायमाझीले भारत सितको सम्बन्ध दिन प्रतिदिन सुधार हुदै अाएको बताएका थिए । उनले सहमति सहकार्य एकता बाट मुलुक अगाडि बढने बताएका हुन  । 
 
Deputy Prime Minister and Minister for Energy Top Bahadur Rayamajhi

अन्य समाचारहरु