बाबुराम भट्टराईले अभियान चलाउँदै आएको नयाँ शक्तिको लागि सहयोग पुर्याउने उद्देश्यले ‘नयाँ शक्ति आयो’…. बोलको गीत सार्वजनिक भएको छ । गीतमा पत्रकार तथा कलाकार कुसुम भट्टराईको शब्द, स्वर र संगीत रहेको छ । यूटुबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा नयाँ शक्तिमार्फनै देशले आर्थिक रुपमा फड्को मार्न सक्ने सन्देश दिइएको छ । कलाकार भट्टराईले नयाँ शक्तिमार्फत नै आर्थिक समृद्धि हुन सक्ने भएकाले आफूले संगीतमार्फत पनि सो भावना व्यक्त गरेको बताए । गीत राग बृन्दावनी सारंगमा कम्पोज गरिएको भट्टराईले बताए । –