नेपालद्धारा बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा श्रीलंकालाई पराजित
पौष २९ गते, २०७२ मा प्रकाशित
नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा श्रीलंकालाई पराजित गरेको छ ।
बंगबन्धु अन्तर्राष्ट्रिय फुटबल मैदानमा बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको हो ।
नेपालको जितमा बिमल घर्तीमगर नायक रहे । उनले खेलको दोस्रो मिनेटमै गरेको गोल नेपालको जितमा निर्णायक बन्यो ।
यससँगै नेपाली टोलीले श्रीलंकासँग राम्रो बदला पनि लिएको छ । अघिल्लो साता साफ च्याम्पियन्सिप फुटबलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।
यस्तै, यो जितसँगै नेपालले १३ खेलसम्मको जितविहीन यात्रासमेत टुंग्याएको छ ।
सन् २०१३ को साफ च्याम्पियन्सिप फुटबल प्रतियोगितामा भारतविरुद्ध २-१ को जित निकालेको नेपालले त्यसपछि जित निकाल्न सकेको थिएन ।
बंगलादेशमा जारी प्रतियोगिताअन्तर्गत् आफ्नो पहिलो खेलमा मलेसियन क्लब फेल्डा युनाइटेडसँग गोेलरहित बराबरी खेल्दै नेपालले १ अंक जोडेको थियो भने यो जितसँगै नेपालको ४ अंक भएको छ । यो खेलपछि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनेको छ ।
समूहको अन्तिम खेलमा नेपालले शुक्रबार आयोजक बंगलादशेको सामना गर्नेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा आयोजक बंगलादेश, नेपाल, मलेसियाको फेल्डा युनाइटेड क्लब र श्रीलंका रहेका छन् भने समूह