दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालले आइतबार विजयी सुरुआत लिएपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ । लयमा रहेका नवयुग श्रेष्ठको ह्याट्रिक मदतले नेपालले समूह ‘बी’ को पहिलो खेलमा भुटानलाई ५-० ले हरायो ।
बंगबन्धुगोल्डकपमा प्राप्त सफलताले उत्साहित नेपालले दस खेलाडीमा सीमित भुटानमाथि अपेक्षित र सहज जित निकालेको हो । जितले नेपालको यू-२३ टिम जितले तीन अंकसहित समूहको शीर्ष स्थानमा रह्यो । अब मंगलबार समूहको अर्को खेलमा बंगलादेशले भुटानको सामना गर्नेछ ।
त्यसखेलको नतिजाले सेमिफाइनल समीकरण तयार पार्नेछ । नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बिहीबार खेल्नेछ र त्यस नतिजाले सम्भवत: समूह विजेताको निर्णय गर्नेछ । अफगानिस्तानले नाम फिर्ता लिएपछि समूह