भारत उडिसाका कलाकार सुदर्शन पट्टनायकले पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति बालुवामा प्रतिमा बनाएर श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उनले उडिसाको पुरी विचमा कोइरालाको प्रतिमा बनाएर श्रद्धाञ्जली दिएका हुन्। उनले आफूले बनाएको प्रतिमाको तस्बिर ट्वीटरमा राखेका छन्।
कांग्रेस सभापति कोइरालाको गएराति १२ बजेर ५० मिनेटमा महाराजगन्जस्थित अाफ्नै निवासमा ७७ वर्षको उमेरमा निधन भएको हाे। सेतोपाटीबाट