जेल सजाय काटिरहेका बलिउड अभिनेता संजय दत्त जेलबाट रिहा

जेल सजाय काटिरहेका बलिउड अभिनेता संजय दत्त बिहान जेलबाट रिहा भएका छन्।बिहिबार बिहान जेलमुक्त भएपछि संजयले आफू कैद भएको यरवडा जेललाई सलाम ठोक्दै ठूलो झोला बोकेर निस्केका थिए। उनलाई लिन उनकी पत्नी मान्यता दत्त जेल पुगेकी थिइन्।
जेलबाट निस्केका संजय  सबैभन्दा पहिला मुम्बईको सिद्दीविनायक मन्दिर अनि  आफ्नी आमाको समाधि रहेको मेरिन लाइन्स गएपछि मात्र घर जानेछन्। सन् १९९३ को बम धमाकामा अवैधरुपमा हतियार राखेको अभियोगमा दोषी ठहर भएपछि जेल परेका थिए। दोषी ठहर भएपछि उनलाई पाँच वर्ष लामो कैद सजाय सुनाइएको थियो। उनी पुणेस्थित यारवडा जेलमा कैद थिए।
दत्तको प्रतिक्रिया
बिहिबार बिहान जेल मुक्त भएका बलिउड अभिनेता संजय दत्तले जेलभूक्त भएपछि ‘स्वतन्त्रताको हिँडाइ सहज नहुने’ प्रतिक्रिया दिएका छन्। दत्तले जेलबाट निस्किएपछि मिडियालाई छोटो प्रतिक्रिया दिने क्रममा उक्त कुरा बताएका हुन्।
जेलमा उनलाई लिन उनकी पत्नी मान्यता दत्त र बलिउड फिल्म निर्देशक राजकुमार हिरानी पुणेस्थित यारवडा जेल पुगेका थिए।
सन् १९९३ को बम धमाकामा अवैधरुपमा हतियार राखेको अभियोगमा दोषी ठहर भएपछि जेल परेका थिए। दोषी ठहर भएपछि उनलाई पाँच वर्ष लामो कैद सजाय सुनाइएको थियो।