धातिबाङमा ज्यानकै वाँजी मोल्दै खेल्न बाध्य खेलाडीहरु, खेल मैदान नै ओझेलमा (फोटो फिचर)

डिल्लीराज घिमिरे 
धातिबाङ, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको धातिबाङ १ बाढुङ्गा स्थित थामको चौरमा रहेको जिल्ला कै पुरानो क्रिकेट खेल मैदानको रुपमा परिचित यो मैदान दिनानुदिन ओझेलमा रहेको गुनासो सरोकारवालाले गरेका छन् । 
जिल्ला र गाँउवाट यसको मर्मत संभीरमा खाँसै चाँसो नदेखाईएको कारण यहाका खेलाडीहरु ढुंगाको विचमा ज्यु लाई नै जोखिममा मोल्दै क्रिकेट खेल खेल्न वाध्य भएका छन । मानव वस्तीदेखी केही माथील्लो भाग सल्लाघारीमा रहेको मैदान क्रिकेटप्रेमीको लागी पुर्वी अर्घाखाँची कै उत्कृष्ट संभावित सफलताको केन्द्र नै मानिन्छ । भारतीय तथा नेपाली आर्मीमा कार्यरत यहाका अत्याधिक परिवारको आयस्तर र रहनसहन सफलता पुर्ण र मनोरन्जनले भरिएको प्रभावकै कारण हुन सक्छ यहाँका सवैजसो युवा अध्यापन अध्यापमा भन्दा पनी खेलकूद र कसरतमा धेरै सक्षम रहेका पाईन्छ ।
यस क्षेत्रको वस्तुस्थितीलाई समवन्धित क्षेत्रवाट ध्यान पुर्याउन सकिएको खण्डमा यस स्थानमा राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलाडी उत्पादनको पर्वल संभावना रहेको देखिन्छ । आफुहरुमा खेलखेल्ने ईच्छा शक्ती र सिपमा सक्षम हुदाहुदै पनी खेल मैदानको वनावट ढुंगामय भएको र पिउने पानीको समेत व्यापक समस्या भईरहेको हुदा आफुहरु जोखिम मोल्दै खेल्नु पर्ने वाध्यात्मक परिस्थिती रहेको अर्घाखाँची धातिबाङ स्पोर्ट्स टिमका क्याप्टेन राज कुमार सारुलाई उद्धृत गर्दै खेलाडी डुक वहादुर सारुले अर्घाखाँची डटकमलाई जानकारी गराएका छन । 

– तस्वीर डिल्लीराज घिमिरे/अर्घाखाँची डटकम्

अन्य समाचारहरु