नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न भएको छ ।
सभापतिका तीनै उम्मेदवार रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहसहित निर्वाचनमा होमिएका छन् । निर्वाचनमा पदाधिकारीसहित ६४ पदमा ३११ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।
सभापतिका उम्मेदवारको तीन वटै समूहमा रहेका व्यक्तिको नाम सहितको सूची गोप्य रुपमा महाधिवेशन प्रतिनिधिलाई वितरण गरिएको छ । सभापतिका उम्मेदवार पौडेल र देउवा समूहले पूरै ६४ जनाको नामसहितको सूची आफ्ना पक्षका मतदातालाई तथा सिटौला समूहले केही नाम खाली राखेर सूची वितरण गरेको महाधिवेशन प्रतिनिधिहरुले जनाएका छन् ।
तीनै सूचीमा सभापति, महामन्त्री, कोषाध्यक्ष, खुला सदस्य, आरक्षण सदस्य र प्रदेश सदस्य सहितका नाम उल्लेख छ ।
मतपत्र लामो र विभिन्न किसिमका भएकाले मतदान गर्न १५ देखि २० मिनेटसम्म लाग्ने गरेको मतदाताहरुको भनाई छ । इमेजखबरमा समाचार छ ।
(तस्वीरहरु : रासस)