चाहिँदैन मलाई तोपको सम्मान चाहिँदैन सलामी युट्युबबाट सार्वजनिक, एसएसपी रमेश खरेलले अभिनय

‘चाहिँदैन मलाई तोपको सम्मान
चाहिँदैन सलामी
बनाउन सकुँ
खुशीले बोक्ने चारजना मलामी’
 
गीतकार नारायण कँडेलको शब्दमा गायक प्रमोद खरेलले गाएको गीतको अंश हो यो। जसमा एसएसपी रमेश खरेलले अभिनय गरेका छन्।
 
हालै युट्युबबाट सार्वजनिक गरिएको यस गीतले मानिसमा नैतिकता र विवेकता हुनैपर्ने कुरालाई जोड दिन्छ।
 
अर्जुन पोखरेलले संगीत दिएको गीतको भिडियोलाई शसान कँडेलले निर्देशन गरेका हुन्। सेतोपाटीमा समाचार छ ।