आज फागु पूर्णिमा, रङैरङको पर्व होली देशभर हर्षोल्लासका साथ मनाइँदै
चैत्र ९ गते, २०७२ मा प्रकाशित
आज फाल्गुण शुक्ल पूर्णिमाको दिन अर्थात् फागू पूर्णिमा अर्थात होली पर्व, आज उपत्त्यका लगायत देशभरका पहाडी क्षेत्रमा उल्लासपुर्वक मनाईदै छ ।
रङैरङको पर्व फागू पूर्णिमा काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा आज मनाईदैछ । तराईमा भने होली पर्व भोलि मनाईन्छ ।
बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेको फागु पर्व अर्थात हाली धुमधामका साथ मनाइन्छ । रंगको यस पर्वमा युवा युवतीदेखि सबै उमेर समूहका व्यक्ति सहभागी हुने गर्छन् ।
धार्मिक मान्यताअनुसार, दैत्यराज हिरण्यकश्यपुले आफ्ना छोरा प्रह्लादलाई मार्ने उद्देश्यले ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए । तर आगोमा होलिका आफैं भष्म भइन् बिष्णुभक्त प्रह्लादलाई आगोले छोएन । त्यसै बेलादेखि हिन्दु धर्मावलम्बीहरु आसुरी शक्तिमाथि ईश्वरी शक्तिको विजयका रुपमा यो पर्व मनाउने गर्दछन् ।
राम्रो तरिकाले तयार पारिएका रंग र अबिर खेल्दा छालाको रोग समेत निको हुने आयुर्बेदमा उल्लेख छ ।
तराईमा मिथिलाको पौराणिक एवं ऐतिहासिक मध्यमा परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाइने चलन छ । अन्लाईन संचारमाध्यमबाट लिएको ।