राप्रपा नेपालले हिन्दुराष्ट्र बारे जनमत संग्रहको माग गर्दै देशव्यापी संघर्ष गर्ने निर्णय गरेको छ।
३ दिनसम्म बैठकमा भएको केन्द्रीय कार्यसमितिको बैठकले संविधानमा पूर्ण धार्मिक स्वतन्त्रता र सर्वधर्मका वीचमा समानता कायम राख्दै नेपाललाई हिन्दुराष्ट्रका रुपमा उल्लेख गर्न तथा धर्म निरपेक्षताको खारेजी गर्न संसदमा उपयुक्त समयमा संविधान संशोधन प्रस्ताव राख्ने निर्णय गरेको छ।
उक्त प्रस्ताव स्वीकृत नभएमा हिन्दुराष्ट्र बारे जनमत संग्रहको माग गर्दै पार्टीले देशव्यापी संघर्ष गर्ने सह प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। साथै बैठकले राप्रपा नेपाललाई मुलुकको अग्रणी एवं बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्ने क्रममा समान विचारधारा भएका दल र समुहहरुसँग एकता र सहकार्य गर्ने कार्यलाई निरन्तरता दिईने छ ।
हिन्दुत्व प्रति जनचेतना अभिवृद्धि गर्न, हिन्दुराष्ट्र पुनस्र्थापनाको निमिक्त सशक्त दबाब सिर्जना गर्न, धर्म निरपेक्षताको आडमा योजनावद्ध र संगठित रुपमा भैरहेको धर्म परिवर्तनलाई निरुत्साहित गर्न तथा जातिय आधारमा मन्दिर प्रवेश निषेध, बाल विवाह, दहेज प्रथा जस्ता कुरितिहरुको अन्त्यका लागि दबाब दिन आगामी जेठ मसान्तभित्र देशको पचहत्तरै जिल्लामा हिन्दुत्व जागरण भेला तथा सभाहरु आयोजना गरिने उनले बताए। राप्रपा नेपाल समेत सहभागी भएको वर्तमान सरकारबाट जनताले स्पष्ट अनुभुत हुने गरि ठोस कार्य हुन नसकेकोमा बैठकले गम्भिर चिन्ता प्रकट गरेको छ । सेतोपाटीमा समाचार छ ।