सन्धिखर्कको सल्लिकोटमा नवनिर्मित बिधालय भवनको सहसचिव पान्डेद्वारा उद्घाटन, शिक्षा क्षेत्रको सुधारका लागि छिट्टै नयाँ योजना आउने उल्लेख (फोटो फिचर)

 बसन्त श्रेष्ठ ‘छापेली’
सल्लिकोट, अर्घाखाँची  ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क – १५ स्थित श्री ज्ञान प्रकाश मावी सल्लिकोटको नवनिर्मित भवनको सल्लिकोटमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 
नवनिर्मित भवनको उद्घाटन शिक्षा मन्त्रालयका सहसचिव टेकनारायण पान्डेले गर्नुभएको थियो । 
सो अवसरमा पान्डेले शैक्षिक क्षेत्रको बिकासका लागि छिट्टै मन्त्रालयले नयाँ योजना ल्याउन लागेको बताउनु भएको थियो ।
 
भबनको सल्लिकोटमा उदघाटन गर्दै उहाले गुणस्तरीय र व्यवहारिक शिक्षा अहिलेको मुख्य अाबस्यक्ता रहेको बताउनु भएको हो । पान्डेले शैक्षिक क्षेत्र को बिकास बिना मुलुकको बिकास हुन नस्क्ने दावी गर्नुभयो ।  
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी सुरेन्द्र राज पराजुलीले जिल्लाको शैक्षिक क्षेत्रको बिकासका लागि अाफुले योजना बद्द ढंगले काम अगाडि बढाएको बताउनु भयो उहाले सरकारले ल्याएको योजना जिल्लामा पुण रुपमा कार्यनयन गरेर अगाडि बढने दावी गर्नु भयो । 
 
कार्यक्रममा जिल्ला शिक्षा कार्यलय कन शाखा अधिकुत बलराम मिश्र बिधालय निरिक्षक नारायण पोख्रेल नेपाल शिक्षक सघका अध्यक्ष यादब प्रसाद घिमिरे नेपाल प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल श्रोत ब्यक्ति युबराज भुसाल जिल्ला शिक्षा कार्यलय का रेसौराज अाचर्य समाज सेबि बाबुराम चुदालि लगायतको उपस्थिति रहेको थियोे । 
कार्यक्रम ब्यबस्थापन समितिका अध्यक्ष कृस्न कुमार बस्यालको अध्यक्षता शिक्षक दिनामणि बेल्बासेको सन्चालन शिक्षक दुर्गा प्रसाद बस्यालको स्वागत मन्तब्य बिधालयका प्र अ सुर्य बहादुर खनाल ले अार्थिक प्रतिबेदन पेस गर्नु भएको थियोे। 
चार कोठे भबन ३६ लाखको लागतमा सम्पन्न भएको थियोे । 

अन्य समाचारहरु