क्षितिज खनाल
यूरोपका क्लबहरूकै सबभन्दा प्रतिष्ठित फूटबल प्रतियोगिता यू.ई.एफ.ए च्याम्पिएन्स लिगको सेमिफाइनल चरण सुरु भैसकेको छ।
गए राती म्यान्चेस्टर सिटिको घरेलू मैदानमा भएको रियल म्याड्रीड र म्यान्चेस्टर सिटिको खेल गोलरहित बराबरीमा टुङिएको छ।
आफ्ना स्टार खेलाडी क्रीस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको म्याड्रीडले सिटिलाई बराबरीमा रोक्न सफल भएको हो।
अब रियलको घरमा हुने खेलले फाइनल यात्रीको टुंगो लगाउने छ।आज एथलेटिको म्याड्रीड र बाएर्न म्युनिखबिच खेल हुँदै छ।