पूर्णकला बिसी र बिमल परियारको “हाम्रो दिन त आउदै आएन” लोक गीतको म्युजिक भिडियो सार्बजनिक

काठमाडौं ।  नेपाली गीत संगीतका पारखिहरुका लागि बहु चर्चित गायिका पूर्णकला बिसी र बिमल परियारको सुमधुर आवाजमा रहेको लोक गीतको भिडियो सार्बजनिक भएको छ । 
“हाम्रो दिन त आउदै आएन” बोलको गीतको भिडियो धर्म राज भट्टराईको प्रस्तुतिमा युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गितलाई धर्म राज भट्टराईले लेखेका छन् । भिडियोलाई पुस्कर खनाल ले निर्देशन गरेका हुन् । भिडियोलाई बिष्णु भट्टराईले सम्पादन गरेका हुन् भने निरज कंडेल ले छायांकन गरेका हुन् ।
यश गितलाई “हाइलाइट नेपाल ” ले बजारमा ल्याएको छ ।
भिडियोमा बिष्णु / लिजा को जोडदार अभिनय देख्न सकिन्छ ।