अर्घाखाँची ढाकावाङ्गकी सरुको ‘भन्देऊ तिम्रो रोजाईमा म’ सार्वजनिक

बुटवल, २ जेठ । अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविसमा जन्मीएर बुटवललाई कर्मथलो बना एकी सारदा मरासीनी सरुको तेस्रो आधुनिक गीत सार्वजनिक भएको छ । 
पहिले बाजी नामक एल्बम मार्फत ‘जति कोसिस गरेपनि त्यो दिल भित्र छिर्न सकिन न यो जिन्दगीमा खुशीयाली फिर्न भन्देउन तिम्रो नजरमा म किन पर्न सकिन’ बोलको  गीत सार्वजनिक गरेकी उनले अहिले नयाँ गीत बजारमा ल्याएकी छिन् । 
बुटवलको एक संचारमाध्यममा कार्यरत सरुका यसअघि २ वटा गित बजारमा आईसकेका छन । २०७० साल ‘बाजी’ एल्बमबाट सांगितीक यात्रा सुरु गरेकी उनले भखरै मात्र ‘भन्देउन तिम्रो रोजाईमा म … बोलको शिर्ष गीत  बजारमा ल्याएकी हुन ।  
पहिलो एल्बमको गीत ‘भेटन जति सजिलो भो..’गीतले कही सफलता हाता परेपछि उनले  दोस्रो गीत ‘तिमीलाई मायाँ गर्छु भन्न डराउनाले साथ छुटयो’ बजारमा आएको थियो । अहिले नयाँ बजारमा आएको उनको गीतमा चर्चित संगितकार राजकुमार बगरको संगित र नव गायक राजुबाबु परियारको आवाज रहेको छ ।  
गितलाई सप्तक डिजीटल प्रालीले बजारमा ल्याएको हो । गितको छिट्टै म्युजिक भिडीयो समेत बजारमा ल्याउने तयारी गरिएको सरुले जानकारी दिईन् । 
तस्वीर: कृष्ण खनाल