अमेरिकी बक्सर महम्मद अलीको ७४ वर्षको उमेरमा निधन भएको छ। उपचारको क्रममा शुक्रबार उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।
अमेरिकामा सन् १९४२ जनवरी १७ मा जन्मेका अलीले १२ वर्षको उमेरमा आफ्नो साइकल चोरी भएपछि बक्सिङ सिकेका थिए। २२ वर्षको छँदा उनले विश्व ह्याभीवेट उपाधी जितेका थिए।
उनको पुरा नाम क्यासियस मार्सिलस क्ले जुनियर हो। ‘द ग्रेटेस्ट ‘उपनाम पाएका अलीले तीन पटक वल्र्ड ह्याभीवेट टाइटल जितेका छन्। बक्सिङ खेल्नु अगाडि र पछाडि उनले बोल्ने संवादले उनको चर्चा हुने गथ्र्यो। उनी नागरिक अधिकारको आन्दोलनमा पनि सहभागी थिए भने कविता पनि लेख्थे।