चीन भ्रमण सकेर उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ स्वदेश फर्कदै

उपराष्ट्रपति
पुन चीनको कुन्मिङबाट चाइना इस्टर्न एयरलाइन्सको एम यू ५७२३ विमानमार्फत बिहीबार
दिउँसो सवा ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छन्। चीनको औपचारिक
निमन्त्रणामा गत जेठ २८ मा त्यसतर्फ प्रस्थान गरेका थिए।
 

 

चौथो चीन दक्षिण
एशिया एक्स्पो तथा २४ औँ चीन कुन्मिङ आयात निर्यात व्यापार मेलाको उद्घाटन
समारोहमा विशिष्ट अतिथिको रुपमा सहभागी हुन उपराष्ट्रपति पुन चीन गएका हुन्।

 


 चीन भ्रमणका
क्रममा उपराष्ट्रपति पुनले चीनको दक्षिण एशिया एक्स्पो
, ११ औँ चीन
दक्षिण एशिया बिजनेश फोरमलाई सम्बोधन गरेका थिए।
 

 

यस्तै
उपराष्ट्रपति पुनले चीनका उपप्रधानमन्त्री वाङ याङले उपराष्ट्रपतिसँग शिष्टाचार
भेटवार्ता गरेका थिए।

 

भेटका क्रममा
उपराष्ट्रपति पुनले राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाल भ्रमणका लागि चिनियाँ
राष्ट्रपति सि

images

जिनपिङलाई पठाएको निमन्त्रणा पत्र चीनका उपप्रधानमन्त्रीमार्फत
हस्तान्तरण गरेका थिए।
 

 

images


उपराष्ट्रपतिले
यून्नानको श्रीलिनमा रहेको सोलार पावर फोटोभोल्टाइक पावर स्टेशन
, स्टोन फरेष्ट
पार्क र औद्योगिक बगैचाको भ्रमण गरेका थिए।
सेतोपाटिमा खबर छ

images