युरोकप : भिडे समर्थक, खेल बराबरीमा रोकियो

क्राेएसिया र चेक रिपब्लिकमा समर्थकहरु
एकअापसमा भिड्दा युराेकपमा शुक्रवार विहान भएकाे खेलमा क्राेएसिया बराबरीमा
राेकिएकाे छ ।

 

खेलमा सुरुमा क्रोएसियाले २ ० ले अग्रता लिएपना त्यसलार्इ जोगाउन नसक्दा
चेक रिपब्लिकसँग २
२ गोलको
बराबरीमा रोकिँदै अंक बाड्यो।
 

 

३८ औं मिनेटमा विंगर पेरिसिकले क्रोएसियाका
तर्फबाट गाेल गर्दै अग्रता दिलाए। पहिलो हाफमा १
० को अग्रता लिएको क्रोयसियाका लागि खेलको ५९
औ मिनेटमा राकिटिकले गोल गर्दै क्राेएसियाकाे अग्रता दोब्बर पारेका थिए।

 

समर्थकको अवरोध र फ्लेयर्स (चम्कने बस्तु)
प्रहारका बीच भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग अंक बााडेको छ।

 

चेक रिपब्लिकले १४ मिनेटमा दुई गोल फर्काउँदै
खेल २
२ को बराबरी ल्याउन सफल भयो।

 

७६ अाै मिनेटमा चेक रिपब्लिकका स्काडाेले हेड
मार्फत गाेल गर्दै अग्रता २
१ मा झारे।
यस्तै खेल सकिन एक मिनेट बाँकी छँदा
८९ औं मिनेटमा  चेक रिपब्लिकाले पेनाल्टी पायो र त्यसमा थाेमस नेसिड
चुकेनन।

 



समर्थकको उच्छृङ्खल गतिविधिका कारण खेल नै
अवरुद्ध भएकाे थियाे।

८६ औं मिनेटमा क्रोएसियाली इण्डबाट मैदानमा फ्लेयर्स प्रहार
भएको थियो
, जसले खेल
अरुवद्ध भयो। खेलका क्रममा क्रोएसिया र चेक रिपब्लिकका समर्थकहरु एकआपसमा भिडेका
समेत थिए।
सेतोपाटिमा खबर छ