वेल्सका स्टार
खेलाडी ग्यारेथ बेलले युरोकप फुटबलमा ५८ वर्ष पुरानो इतिहास तोडेका छन्।
स्पेनिस क्लब
रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका बेलले युरोकप फुटबलमा समूह चरणका तीनै
खेलमा लगातार तीन गोल गर्दै इभोर अल्चर्चको नाममा रहेको वेल्सको ५८ वर्ष पुरानो
इतिहास तोडेका हुन्।
समूह बी को विजेताका
रुपमा वेल्सलाई युरो कप फुटबलको अन्तिम १६ मा पुर्याउनका लागि ग्यारेथ बेलले समूह
चरणका तीनवटै खेलमा गोल गरेर इभोरको नाममा रहेको वेल्सको ५८ वर्षको इतिहास तोडे।
गएराति युरो कप
फुटबल अन्तर्गत वेल्सले रूसविरूद्ध ३ ० को जित निकाल्दा वेलले एक गोल गरेका थिए।
वेल्सका लागि
सन् १९५८ को विश्वकप फुटबलमा इभोरले दुई गोल गर्दै कीर्तिमानी बनाएका थिए। त्यस यता
वेल्सका कुनै पनि खेलाडीले ठूला प्रतियोगितामा लगातार गोल गरेर इभोरको कीर्तिमानी
तोड्न सकेका थिएनन्।
बेल सन् १९५८ को
विश्वकप फुटबलपछि ठूला प्रतियोगितामा तीन गोल गर्ने वेल्सका लागि पहिलो खेलाडी
हुन्।
यस्तै सन् २००४ पछि युरोकपको समूह चरुणको तीन खेलमा गोल गर्ने बेल पहिलो
खेलाडी समेत बने। यसअघि सन् २००४ मा रुड भान र मिलान बारोसले समूह चरणका सबै खेलमा
लगातार गोल गरेका थिए। सेतोपाटिमा खबर
छ ।



