फ्रान्समा जारी
युरोकप फुटबल अन्तर्गत मंगलबार राति दुई समूहका चार खेल हुँदैछन्। आज हुने खेलमा
समूह सी र समूह डीका
समूह चरणका अन्तिम खेलहरू हुँदैछन्।
नेपाली समय
अनुसार राति ९:४५ बजे एकै समयमा समूह सि का दुई अन्तिम खेल हुनेछन्। विश्व बिजेता
जर्मनी र नर्दन आयरल्यान्ड पेरिसस्थित पार्क डी प्रिन्सेस स्टेडियममा तथा
मार्सेलीस्थित स्टेड डी भेलोड्रोम स्टेडियममा पोल्यान्ड र युक्रेन भिड्दै छन्।
यस्तै आजै राति
१२:४५ मा समूह डीका दुई खेल पनि एकै समयमा हुनेछन्। साबिकको बिजेता स्पेन र
क्रोएसिया बोर्डुक्सस्थित स्टेड डी बोर्डूअक्स स्टेडियममा तथा लेन्सस्थित स्टेड डी
बोलार्ड स्टेडियममा चेक रिपब्लिका र टर्की खेल्दैछन्।
मंगलबार राति
हुने समूह डी को अर्को खेलमा साबिक विजेता स्पेन र क्रोएसियाबीच खेल हुँदैछ। यस
समूहबाट एक खेल अगाडि अन्तिम १६ मा स्थान पक्का गरिसके स्पेनका लागि क्रोएसियामाथि
जित निकाल्दै सत प्रतिशत नतिजामा अन्तिम चरण पुग्न चाहन्छ। तर, क्रोएसिया पनि
स्पेनलाई हराएर अन्तिम १६मा स्थान पक्का गर्ने दाउमा छ।
अघिल्ला दुई खेल
जितिसकेको स्पेनको ६ अंक छ। यस्तोमा आज बराबरी र हार बेहोरे पनि अर्को चरणमा
पुग्नेछ।
दुई पटकको युरो
च्याम्पियन स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकप कब्जा जमाइसकेको छ। फ्रान्स युरो जित्दै
युरोमा ह्याट्रिक गर्ने दाउमा रहेको स्पेनका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ।
यता, ४ अंक सहित
समूहको दोस्रो स्थानमा रहेको क्रोएसिया स्पेनलाई हराएर समूह विजेता बन्दै
अन्तिम १६ मा पुग्न चाहन्छ। अघिल्ला एक खेलमा जित र एक खेलमा बराबरी खेलेको
क्रोएसियाका लागि अघिल्लो चरणमा पुग्न बराबरी मात्र काफि हुनेछ। तर, स्पेनसँग पराजित
भए यसै समूहको चेक रिपब्लिका र टर्कीबिचको खेलले निर्धारण उसको अन्तिम १६ निर्धारण
गर्नेछ।
चेक रिपब्लिका १
अंकसहित तेस्रो स्थानमा छ भने टर्की अंकबिहिन छ। टर्कीले चेक रिपब्लिकलाई पराजित
वा बराबरीमा रोके क्रोएसिया उपविजेता बन्दै अर्को चरणमा पुग्नेछ। यदी चेक
रिपब्लिकाले टर्कीलाई पराजित गरे क्रोएसिया र चेकको बराबरी अंक हुनेछ। यस्तोमा गोल
अन्तरको आधारमा उपविजेता छनोट हुनेछ। सेतोपाटिमा खबर
छ ।
हेड टु हेड
स्पेन र क्रोएसियाबीच
पछिल्ला पाँच खेलमा स्पेनले ३ खेल आफ्नो पक्षमा पारेको छ भने १ खेल क्रोएसियाले
जितेको छ। दुई टोलीबीच एक खेल बराबरीमा सकिएको छ।
चेक रिपब्लिक भर्सेस टर्की
समूह चरणमा खासै
राम्रो प्रदर्शन गर्न नसकेको चेक रिपब्लिकले समूह चरणको अन्तिम खेलमा टर्कीलाई
हराउँदै अघि बढ्न चाहन्छ। यदि टर्कीलाई राम्रो गोल अन्तरमा हराएमा र स्पेनसँग
क्रोएसिया पराजित भएमा ४ अंकसहित अन्तिम १६ मा स्थान बनाउनेछ। यदी पराजित वा
बराबरी खेले उसको अर्को चरण सम्भावना सकिने छ।
यस्तै समूहको
दुई खेल सकिदाँ अंकबिहिन बनेको टर्कीका लागि अन्तिम खेलमा अंक जोड्दै फ्रान्स
यात्रा सुखद बनाउन चाहन्छ। यसअघि टर्की स्पेन र क्रोएसियासँग पराजित भइसकेको छ।
टर्की समूह चरणबाट बाहिरिसकेको हुनाले उसलाई चेकविरुद्धको खेल खासै अर्थपूर्ण छैन।
हेड टु हेड
टर्की र चेक
रिपब्लिकबीच पछिल्ला १९ खेलको तुलना गर्दा चेक बलियो देखिएको छ। टर्कीविरुद्ध चेक
रिपब्लिकले १२ खेल जितेको छ भने ४ खेल मात्र गुमाएको छ। ३ खेल बराबरीमा सकिएको छ।



