चिली कोपा
अमेरिका सेन्टेनारियाको फाइनलमा प्रवेश गरेको छ । अब आगमी सोमबार बिहान हुने फाइनल
खेलमा चिलीले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।
यसअघिको
संस्करणमा पनि चिली र अर्जेन्टिना नै उपाधिको लागि भिडेका थिए । पेनाल्टी सुटआउटमा
चिलीले अर्जेन्टिनालाई हराएको थियो ।
बिहीबार
बिहान संयुक्त राज्य अमेरिकाको सिकागोस्थित सोल्जर फिल्डमा भएको सेमिफाइनल खेलमा
चिलीले कोलम्बियालाई २ ० ले हराउँदै फाइनल यात्रा तय गरेको हो ।
चिलीका लागि
चार्ल्स एरान्गुइजले सातौं मिनेटमा गोल गरेर टिमको लागि खाता खोलेका थिए ।
यसैगरी ११
औं मिनेटमा जोसे पेड्रो फुइन्जालिडाले दोस्रो गोल गर्दै टिमको गोल अन्तरलाई दोब्बर
बनाए ।
खराब मौसमका
कारण लामो समयसम्म रोकिएको खेलमा दोस्रो हाफमा दुबै पक्षबाट गो हुन सकेन ।
खेलमा
चार्ल्स म्यान अफ दि म्याच भए । कान्तिपुरमा समाचार छ ।



