आर्यन र नम्रता उत्कृष्ट अभिनेता/अभिनेत्री

नेपाल चलचित्र
कलाकार संघद्वारा आयोजित फान अवार्ड
मा पशुपति प्रसाद उत्कृष्ट फिल्म घोषित भएको छ। शनिबार दिउँसो भद्रकालीस्थित आर्मी अफिसर्स
क्लसबमा आयोजित समारोहमार्फत् कुल २४ विधामा वितरण गरिएको अवार्डमा आर्यन सिग्देल
र नम्रता श्रेष्ठ फिल्म क्लासिक
बाट उत्कृष्ट
अभिनेता तथा अभिनेत्रीको दाबेदार बने भने निर्णायक मण्डलको तर्फबाट सौगात मल्लले
फिल्म फन्को
बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारे।

 

समारोहमा बरिष्ठ गायक तथा कलाकार हरिप्रसाद शर्मालाई रु. एक लाख ५१
धनराशीसहितको दीर्घ साधना सम्मान प्रदान गरियो। समारोहका प्रमुख अतिथि तथा
प्रधानमन्त्री केपी ओलीले रिमाललाई दोसल्ला ओढाउँदै सम्मान गरे।

अवार्ड आयोजकले
यसअघि सार्वजनिक गरेको उत्कृष्ट पाँच मनोनयन सूचिमा फिल्म प्रेमगीत
१५ विधाका लागि
उत्कृष्टमा पर्दै सर्वाधिक मनोनयनमा परेको थियो भने क्लासिक
र वडा नम्बर ६ नौ नौ विधाका लागि
प्रतिष्पर्धामा थिए।

 

चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय,
सञ्चारकर्मी प्रकाश सुवेदी, फिल्म निर्देशक
लक्ष्मीनाथ शर्मा
, कलाकार हरिहर शर्मा र संगीतकार सुरेश अधिकारी
अवार्डको निर्णायक मण्डलबाट छानिएका विजेताहरुको सूचि यस्तो छः

उत्कृष्ट फिल्मः
पशुपति प्रसाद

उत्कृष्ट
निर्देशकः दीपेन्द्र के. खनाल

उत्कृष्ट कथाः
दीपेन्द्र के. खनाल (पशुपति प्रसाद)

उत्कृष्ट
पटकथाकारः उपेन्द्र सुब्बा/रामबाबु गुरुङ (कबड्डी कबड्डी)
 

उत्कृष्ट संवादः
दीपकराज गिरी (वडा नम्बर ६)

उत्कृष्ट अभिनेताः
आर्यन सिग्देल (क्लासिक)

उत्कृष्ट
अभिनेत्रीः नम्रता श्रेष्ठ (क्लासिक)

उत्कृष्ट
खलपात्रः विपिन कार्की (पशुपति प्रसाद)

उत्कृष्ट चरित्र
अभिनेताः रमेश बुढाथोकी (भाग सानी भाग)

उत्कृष्ट चरित्र
अभिनेत्रीः लक्ष्मी गिरी (प्रेमगीत)

उत्कृष्ट हास्य
अभिनेताः विल्सनविक्रम राई (अधकट्टी)

उत्कृष्ट सह अभिनेताः जितु
नेपाल (वडा नम्बर ६)

उत्कृष्ट सह अभिनेत्रीः रोमी
घिमिरे (क्लासिक)

उत्कृष्ट नव
अभिनेताः पल शाह (नाईं नभन्नु ल ४)

उत्कृष्ट नव
अभिनेत्रीः साम्राज्ञी राज्यलक्ष्मी शाह (ड्रिम्स)

उत्कृष्ट
छायाँकारः पुरुषोत्तम प्रधान,
सञ्जय लामा (ड्रिम्स)

उत्कृष्ट
सम्पादकः सुरेन्द्र पौडेल (क्लासिक)

उत्कृष्ट द्वन्द्व
निर्देशकः हिमाल केसी (भैरव)

उत्कृष्ट
कोरियोग्राफरः शंकर विसी (वडा नम्बर ६)

उत्कृष्ट गीतः
कृष्णहरी बराल (प्रेमगीत)

 

उत्कृष्ट
संगीतकारः राजनराज शिवाकोटी (वडा नम्बर ६)

उत्कृष्ट गायकः
युवराज चौलागाईं (क्लासिक)

उत्कृष्ट
गायिकाः अञ्जु पन्त (प्रेमगीत)

उत्कृष्ट निर्णायक मण्डल अवार्डः सौगात मल्ल (फन्को)

सेतोपाटिले
लेखेको छ