दुई दिनअघि सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भइसकेको बताएका छन्।
बिहिबार विज्ञप्ति जारी गर्दै कांग्रेस र माओवादी केन्द्रले ओली सरकार अल्पमतमा परेको उल्लेख गर्दै काम चलाउ हैसियतमा रहेको सरकारलाई कुनै राष्ट्रिय महत्व राख्ने र दीर्घकालीन असर पर्ने निर्णय नगर्न ध्यानाकर्षण गराएका छन्।
‘नेकपा माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा परेको स्पष्ट हुन्छ’, विज्ञप्तिमा भनिएको छ’ १३ वटा राजनीतिक दलले संसद सचिवालयमा असार २९ गते अविश्वासको प्रस्ताव दर्ता समेत गरिसकेको अवस्थामा वर्तमान सरकार केवल काम चलाउ सरकारको हैसियतमा मात्र रहेको छ। सेतोपाटीमा समाचार छ ।