अन्जान दाहाल
केही दिन अगाडी चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्ड विवादै विवादका बिच सकियो । फान अवार्ड निष्पक्ष भन्दा पनि कलाकार संघले अवार्ड गरेर गलत गर्यो भन्नेहरु धेरै भए । कलाकार संघले आयोजना गरेको फान अवार्डको विवाद विस्तारै सेलाइरहेको अबस्थामा अहिले पहिलो पटक क्यानडामा हुन लागेको राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड २०७२ को चर्चा भने फिल्मी बजारमा गरमागरम छ । पहिलो त अहिले धेरैले यो अवार्ड क्यानडामा गर्नु असम्भब भनिरहेका छन् तर आयोजक संस्था भने गरेरै देखाउने दाबी गर्दै आइरहेको छ । किन पनि यो अवार्ड क्यानडामा गर्न असम्भब भनिएको हो भने क्यानडामा जान भिषा प्रक्रिया सजिलो छैन किनकी क्यानडाको भिषा प्रक्रिया हामीले सोचेको भन्दा पनि गाह्रो छ ।
यही बिचमा क्यानडामा नेपालबाट कलाकारहरु लगेर अवार्ड गर्नु कम चुनौतीको काम भने पक्कै होइन । पहिलो पटक अन्तराष्ट्रिय स्तरमा हुन लागेको यो अवार्ड २०१७ को जनावरीमा हुने तयारी भइरहेको छ । नेपालमा आयोजना हुने अवार्डहरु निपष्क्ष नभइरहेको अबस्थामा तपाईहरुले आयोजना गर्न लागेको अवार्ड चाहिँ कसरी निष्पक्ष हुन्छ ? भन्ने हाम्रो प्रश्नको जबाफ दिँदै क्यानडाबाट आयोजक संस्था अध्यक्ष सुदर्शन गौतमले भने -हामीले अनलाइन र भोटिङ्ग सिस्टम सुरु गर्नेछौ । जनताले जसलाई भोट गरेर जिताउनु हुनेछ त्यही नै बक्स अफिस फिल्म फेयर अवार्डको विजेता बन्नु हुनेछ । हामी कसैले पनि कुन कलाकारलाई अवार्ड दिने भनेर निधो गर्दैनौ । यो अवार्ड पूर्ण रुपमा प्रजातान्त्रिक र निष्पक्ष गराउन पनि भोटिङ्ग सिस्टम गर्न लागेका हौ ।
उनले अगाडी भने-क्यानडा सरकारसँग यो अवार्डको विषयमा कुरा हुँदै छ । सिटी मेयर देखी केन्द्रिय सरकार पनि अवार्डलाई लिएर उत्सुक छन् सहयोगका लागि किनकी नेपाल र नेपालीको पहिचान बचाउन यो अवार्डले क्यानडामा निकै ठुलो भुमिका निर्वाह गर्नेछ ।
नेपालबाट बढि भन्दा बढि कलाकारहरु ल्याएर अवार्ड गर्नु हाम्रो उद्येश्य हो र क्यानडा सरकारसँग भिषा सहजका लागि हाम्रो कुरा हुँदैछ, सुदर्शनले क्यानडाबाट भने । भर्खरै सम्पन्न कलाकार संघद्वारा आयोजित फान अवार्डलाई कसरी लिनु हुन्छ ? हाम्रो प्रश्नको उत्तर दिँदै सुदर्शनले भने -संसारभरीका कुनै पनि अवार्डहरु पूर्ण रुपमा सन्तोषजनक रहेको मैले पाएको छैन । चलचित्र कलाकार संघ भनेको चलचित्रक्षेत्रमा लाग्ने कलाकारहरुको हकहितका लागि लड्ने संस्था हो र यस्ता संस्थाहरुले अवार्ड जस्तो सानो तिनो कुराहरु आयोजना गरेर कलाकार-कलाकार बिच मतभेदको स्थिती बनाउनु राम्रो होइन । कलाकारहरुको समस्याको समाधानको मुखपत्र बन्न सक्नु पर्छ, चलचित्रक्षेत्रलाई अन्तरािष्ट्रय बजारमा पुराउने पहल गर्नुपर्छ, पहिलो त नेपाल सरकारबाट फिल्म उद्योगको रुपमा रुपान्तरण गराउनु पर्छ । खोइ त ? अहिले कलाकार संघले चलचित्रको अन्तराष्ट्रिय समस्यालाई ध्यान दिनु पर्छ कि अवार्ड गरेर विवादित । सुन्दा अनौठो लाग्न सक्छ अहिलेसम्म अन्तरािष्ट्रय स्तरमा कुनै पनि कलाकार जाँदा कलाकारहरुले म कलाकार हुँ भनेर बोक्ने साझा झण्डा पनि छैन ।
कलाकारहरु कुनै देश जाँदा -तपाई कलाकार हो भने कुन झण्डा बोक्नु हुन्छ ? भनेर कसैले सोध्यो भने त्यसको जबाफ दिने उत्तर हुँदैन कलाकारमा । तर यस विषयमा सरोकारवाला निकायहरु भने मौन रहेको छ । बरु यस्ता विषयमा कलाकार संघ देखी चलचित्र विकास बोर्ड लागे राम्रो हुने देखिन्छ । म जानेर वा अन्जानमा नेपाली फिल्मसँग आबद्ध हुन पुगे त्यसैले पनि यो क्षेत्रको माया लाग्छ र अब यो क्षेत्रलाई अन्तरािष्ट्रयकरण गर्न मैले पनि सक्दो प्रयास गर्नेछु । अहिले नेपाली विश्वबजारमा पुराउन आबश्यक रहेका कारण यो अवार्ड एतिहासिक हुने उनले हामीसँगको कुराकानीको क्रममा बताए । हामीले अवार्डका लागि नेपालबाट कलाकार ल्याउँदा काठमाडौंको त्रिभुवन विमानस्थलमा र क्यानडाबाट नेपाल फकर्दा क्यानडा विमानस्थलमा पत्रकार सम्मेललनको आयोजन गर्नेछौ ।
कोही पनि कलाकार वा पत्रकार क्यानडामा गैरकानुनी रुपमा बस्न पाउँदैनन् किनकी हामीले त्यही अनुसार इमिग्रेशन बोर्ड अफ क्यानडा सँग कुरा गरेका छौ, सुदर्शनले भने । नेपालबाट यस अवार्डको संयोजकको जिम्मेवारी सम्हालेका पत्रकार आर.के. सुवेदीले अर्को महिनाबाट नोमिनेशनको काम सुरु गर्ने जानकारी दिए । उनका अनुसार अवार्डमा सहभागी हुन नेपालबाट चलचित्रकर्मी र पत्रकारहरुको भब्य सहभागीता रहनेछ ।