कोरिया । रोजगारिका लागि कोरिया आउने विभिन्न मुलुक हरुका मजदुर हरुको संगठन माइग्रेन्ट ट्रेड युनियनको अन्तरक्रिया तथा शैक्षिक कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न देशका मजदुर प्रतिनिधि लगायत कोरियन मजदुर संघसंगठनअन्तर्राष्ट्रिय बिभाग निर्देशक रिउ मि किउङ ,फिलिपिन खासामा प्रमुख जोन ग्यालाङ ,कोरियन सोलिडारिटिका प्रतिनिधि ,एम टि यु अध्यक्ष नेपालका उदय राई ,पत्रकार लगयत हरुको उपस्थितिमा कोरियन ट्रेड युनियनको सोल कार्यलयमा सम्पन्न भएको छ ।
हाल कोरियामा कार्यरत आप्रबासी मजदुर हरुले भोग्नु परेका समस्याहरुमा केन्द्रित विषयबस्तुमा धेरैले इ पि एस बाट आउने हरुको नितिगत समस्यालाई नै खराबी पक्ष भनेका छन ।स्वेच्छिक रुपमा कम्पनी परिबर्तन गर्न नपाइने नियम ,कार्य समाप्ती पछि पाउने पेन्सन मा रोजगार दाता बाट ठ्गि हुने समस्या लगायत कृषि क्षेत्रमा आउने कामदारको समस्या जटिल भएको अधिकांस बक्ताहरुले जनाए ।
इ पि एस अर्थात रोजगार अनुमती प्रणाली खारेज हुनुपर्ने र ड्ब्लु पि एस अर्थात कार्य अनुमती प्रणाली प्रणाली लागू भए मात्र यस्ता नितिगत समस्या हरुको निराकरण हुने बताउदै सबैको साथ मा कोरियन सरकार सामु एम टि यु ले आवाज उठाउने अध्यक्ष उदय राई ले जनाए ।उक्त कार्यक्रममा अर्घाखाँची मञ्चको तर्फबाट युबराज पाण्डे लगाएत ,एम टि यु इन्छन बाट भरत पाण्डे ,दिनामनी पौडेल ले आफ्ना बिचार राख्नुभएको थियो ।
माइग्रेन्ट ट्रेड युनियन कोरिया सरकारमा दर्ता भएको कानुनी र बैधानिक संस्था हो जसले लगातार आफ्नो माग हरु कोरिया सरकार सगँ पेश गर्दै आएको छ। पछिल्लो समयमा मजदुर हक अधिकारको ग्यारेन्टी हुनुपर्नेभन्दै अन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।