अर्घाखाँचीका फर्सु पौडेलको” परदेशीको मन “लोकगीत सार्बजनिक

काठमाडौं । यथार्थलाई शब्दमा कोर्दै, लोक लयमा सुमधुर  संगीत भरेर यतिबेला परदेशीको मन गीत सार्बजनिक भएको छ । रोजगारिको क्रममा दक्षिण कोरियामा बसेर आफ्ना यथार्थ परक  भावना हरुलाई गीत मार्फत  ल्याएका छन अर्घाखाँचीका फर्सु पौडेलले ।
समस्त देशको परिभेष र बिदेसमा बस्दा आउने मातृभुमि, घर परिवारको यादहरुको पोको लाई गीतको माध्यम बाट फुकाउने प्रयास उक्त गीत बाट गरिएको छ ।
बिदेशमा बसेर आफ्नो कार्यब्यस्थताको अतिरिक्त फुर्सदको समयमा सृजनात्मक कार्यतर्फ कलम चलाउने फर्शु पौडेलले  श्रोता दर्शकको राम्रो प्रतिकृया हौसला आएको बताए ।
सारथि म्युजिकको उतपादन मा उक्त गीतमा मधुसूदन बन्जाडे र कृष्णा परियारको स्वर रहेको छ ।लय संकलन कस्तुप पन्तले गर्नुभएको छभने सज्जन हमाल र अनु पराजुलीलाई मोडलिङमा देख्न सकिन्छ ।