गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगमा २१ जिल्लाका प्रतिवेदन प्राप्त भएका छन् ।
आयोगले जिल्लामा स्थानीय विकास अधिकारीको संयोजकत्वमा गठित प्राविधिक समितिलाई गाउँपालिका तथा नगरपालिकाको सीमा निर्धारण गरी साउन मसान्तभित्र पेश गर्ने समय तोकेको थियो ।
साउन मसान्तसम्म अधिकांश जिल्लाको प्रतिवेदन नआएपछि आयोगले यही भदौ १५ सम्मको समय बढाएकामा २१ जिल्लालेमात्र प्रतिवेदन बुझाएका हुन् ।
आयोगले विहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष बालानन्द पौडेलले बाँकी जिल्लालाई छिटो प्रतिवेदन बुझाउन निर्देशन दिइएको जानकारी गराए ।