कांग्रेस सभापति देउवाद्वारा जनताको पक्षमा प्रभावकारी काम गर्न पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई निर्देशन

नेपाली कांग्रेसले संयुक्त सरकारको भावनाअनुरुप जनताको पक्षमा प्रभावकारी काम गर्न पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई निर्देशन दिएको छ ।
सभापति शेरबहादुर देउवाले आज सरकारमा सहभागी मन्त्रीहरुलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर विवादरहित तरीकाले काम गर्न निर्देशन दिए । उनले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका काम गर्नसमेत मन्त्रीहरुलाई निर्देशन दिए ।
पार्टी सभापति र मन्त्रीहरुबीच भएको छलफलमा सरकारले गर्ने नियुक्तिलाई विवादरहित बनाउन, कामलाई प्रभावकारी बनाउने र संविधान कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा कुराकानी भएको शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए ।
संयुक्त सरकारको उद्देश्यलाई पूरा गर्न गठबन्धनलाई बलियो बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।  इमेजखबरमा समाचार छ ।