प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लिएर काठमाडौंमा खबरदारी याली

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणकाक्रममा दुई देशबीच समानताको आधारमा सम्बन्ध स्थापना गर्नुपर्ने, नेपालको हितमा हुने गरी सन्धि-सम्झौता गर्नुपर्नेलगायतका मागराख्दै ‘खबरदारी अभियान’ले काठमाडौंमा र्‍याली निकालेको छ ।
माइतीघरमन्डलाबाट सुरु भएको र्‍याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
सभाका सहभागीले आर्थिकरुपमा कमजोर देश नेपालको हितमा हुने गरी प्रधानमन्त्रीको आसन्न भारत भ्रमणकाक्रममा सन्धि-सम्झौता गरिनुपर्ने, राष्ट्रिय हितलाई ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए । इमेजखबरमा समाचार छ ।