झापाको गिरीबन्धु टी इस्टेटमा कार्यरत् मजदुरले सेवा-सुविधा कटौती गरेको भन्दै रिले अनशन थालेका छन् ।
सरकारले तोकेको २५३ रुपैयाँ ज्याला नदिएको, स्थायी नियुक्ति नदिएको, मजदुरले पाउने प्राथमिक उपचार बन्द गरेको, दसैंखर्च कटौती गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
चार वर्षदेखि खाइपाई आएको सेवा-सुविधा कटौती गरिएपछि पटक-पटक व्यवस्थापन, श्रम कार्यालय मेची र जिल्ला प्रसाशन कार्यालयमा लिखित जानकारी गराएपनि सुनुवाइ नभएपछि पहिलो चरणको आन्दोलनस्वरुप रिले अनशन बस्नुपरेको मजदुरहरुले बताए । इमेजखबरमा समाचार छ ।