मतभिन्नता आइरहे पनि अधिकांश स्थानीय पुनःसंरचना आयोगकै मापदण्डअनुसार

प्रमुख राजनीतिक दलबीच ‘गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ निर्धारण गरेको स्थानीय तहको सङ्ख्याबारेमा मतभिन्नता आइरहे पनि जिल्ला तहबाट भने आयोगले निर्धारण गरेको सङ्ख्या सिफारिस गरी पठाएका छन् । 
 
आयोगले सबै जिल्लाको सङ्ख्या निर्धारण गरेर देशभरि ५६५ स्थानीय तह सङ्ख्या रहनेबारेमा प्रमुख दलबीच कुरा विवाद भए पनि अधिकांश जिल्लाले आयोगले सिफारिस गरेको सङ्ख्याकै आधारमा स्थानीय तहको पुनःसंरचना गरी पठाएका छन् । 
 
जिल्लास्थित अधिकांश स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले आयोगले तोेकेको मापदण्डका आधारमा आयोगले तोकेकै सङ्ख्या निर्धारण गरी पठाएको आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी गराए।
 
उनले अहिलेसम्म प्राप्त ३७ मध्ये अधिकांश जिल्लाले आयोगले तोकेको सङ्ख्यामा नै स्थानीय तह पुनःसंरचना गरेर पठाएको बताए।
 
हामीले तोकेकै मापदण्डकै आधारका धेरैले गाउँपालिका र नगरपालिकाको पुनःसंरचना गरेर पठाउनुभएको छ, उनले भने – कतिपय तोकिएकै सङ्ख्या बढाउनु र कति सङ्ख्या घटाउनुप